काठमाडौंका २५ सडक ठेक्का तोडियो

काठमाडौंमा वर्षौंदेखि अलपत्र परेका सडक निर्माण र मर्मतका २५ ठेक्का तोडिएका छन् ।

सडक विभाग काठमाडौं डिभिजन कार्यालयले निर्माण कम्पनीहरूले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नहुँदा ठेक्का रद्द गरेको हो ।

ठेक्का तोडिएका सडक आयोजनामा बालाजु–मैत्री अस्पताल, सामाखुसी–गोंगबु, सीतापाइला–रामकोट, टेकु–सोह्रखुट्टे, नयाँ बस्ती–गोठाटार एयरपोर्ट हाइट, जोरपाटी–साँखु, नारायणहिटी पूर्वी क्षेत्र, कलंकी–नागढुंगा, सिंहदरबार–माइतीघर लगायतका सडक समावेश छन् ।

सडक विभागका अनुसार राजधानीका दुई सय ३५ भन्दा बढी ठेक्का रुग्ण अवस्थामा छन् र बाँकी ठेक्का पनि तोड्ने तयारी भइरहेको छ ।

ठेक्का तोडिएपछि बाँकी कामका लागि पर्ने खर्च काम नगरेको ठेकेदारबाटै असुल गर्न सकिने व्यवस्था सार्वजनिक खरिद ऐनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *