मैतीदेवीमा रक्तदान कार्यक्रम सम्पन्न

ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को आव्हानमा मैतीदेवी मन्दिर अगाडी सहयोगी महिला जागरण मञ्च, लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डस र अटो नेपालको संयुक्त आयोजना तथा कान्तिपुर अस्पताल रक्त सञ्चार सेवा तिनकुनेको प्राविधिक सहयोगमा सञ्चालन‌ भएको खुल्ला रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको र यो कार्यक्रम सबैंको सहयोगले निकैं सफल भएको लायन्स क्लवकी अध्यक्ष क्रिष्टिना ताम्राकारले बताउनुभयो ।

विगत १७ वर्षदेखि सहयोगी महिला जागरण मञ्चले नियमित रुपमा ३-३ महिनामा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र अहिले ठाउँको अभाव, सडक छेऊमा एकदम साँघुरिएको कार्यक्रम स्थलको कारण ३५ जना रक्तदाता संख्या अनुमानित गरी गरिएको उक्त कार्यक्रममा ७ जनाको स्वास्थ्य अवस्थाको कारणले रक्तदान गर्न नसकेको क्लवकी अध्यक्ष राधाकुमारी श्रेष्ठले बताउनुभयो ।

रक्तदान कार्यक्रममा आफ्नी आमाको जन्मदिनको अवसरमा ९९ पटक रक्तदान गर्नुहुँदै सुन्दरीजल निवासी लायन्स लिडर विष्णु बहादुर श्रेष्ठ तथा (एकै परिवारका ३ जना सदस्य) यस संस्थाका कोषाध्यक्ष लायन कृष्टिना ताम्राकार तथा उहाँको बहिनी एलिशा ताम्राकार, छोरी कृषि शाक्यले रक्तदान गर्नुभएको थियो ।

 
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत रहेको उक्त क्लबले सिनियर लायन्स लिडर र अन्य लायन्स सदस्यहरुको उपस्थिती रहेको District Chief – Corporate Communication लायन रोशन श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *