नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले राजधानीको भृकुटीमण्डपमा हिरो सर्भिसका साथै एक्सचेन्ज महामेला आयोजना गरिरहेको छ । गत कार्तिक २४ देखि शुरु भएको सो महामेला आगामी कार्तिक २९ गते सम्म चल्ने छ ।
एकै स्थानमा भइरहेको उक्त सर्भिस तथा एक्सचेन्ज महामेला अन्तर्गत सर्भिसका सेवाहरुमा लेबर चार्जमा ५० प्रतिशत छुट, स्पेयर पाट्र्स एवं ल्युबमा १५ प्रतिशत छुट, एएमसी सर्भिसमा ३० प्रतिशत छुट पाइने छ ।
यसका साथै निःशुल्क रुपमा इन्जेक्टर क्लिनिङ, वासिङ र हिरोको मर्कन्टाईजहरु समेत पाइने छ ।
यी वाहेक हिरो टु हिरो एक्सचेन्जमा न्यूनतम भ्यालुएन ३० हजार सहित थप भ्यालु एडिसनहरु १५ हजार देखि १ लाख रुपैयाँ वा अन्य ब्रान्ड टु हिरो एक्सचेन्जमा न्यूनतम भ्यालुएसन २५ हजार सहित थप भ्यालु एडिसन १५ हजार देखि १ लाख रुपैयाँ सम्म पाइने छ ।
नयाँ हिरो मोटरसाइकल र स्कुटरहरुको खरिदमा न्यूनतम ८ हजार देखि १ लाख रुपैयाँ सम्मको डिस्काउन्ट तथा फ्रि एसेसरिज हेल्मेट, बाइक कभर र ग्लोभ्स प्राप्त हुनेछ ।
सरल फाइनान्सको पनि सुविधा सहित नागरिकताको भरमा हिरो मोटरसाइकल तथा स्कुटरहरु ढुक्कका साथ चढ्नका लागि कम्पनीले आमन्त्रण गरेको छ ।
दैनिक रुपमा लक्की ड्रमार्फत एक जना ग्राहकलाई फुलफेस हेल्मेटका साथै मेला अवधिभरमा भ्रमण गरेका ग्राहकहरु मध्येवाट लक्की ड्र गरी एकजनालाई नथिङ स्मार्ट फोन प्रदान गरिने कम्पनीको भनाइ छ ।