टाटा नेक्सन सबैभन्दा बढी बिक्री

अक्टोबर २०२५ मा टाटा मोटर्सको नेक्सन सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट एसयूभी बनेको छ ।

टाटा नेक्सनले उक्त महिनामा कुल २२ हजार ८३ युनिट बिक्री गर्दै शीर्ष स्थानमा पुग्न सफल भएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतले वृद्धि हो ।

विभिन्न भेरिएन्ट, शक्तिशाली इन्जिन विकल्प र नयाँ फिचरले सो एसयूभी ग्राहकहरूबीच निकै लोकप्रिय बनाएको छ। साथै, कम्पनीले आगामी वर्षमा नेक्सनको नयाँ पुस्ता बजारमा ल्याउने तयारी गरिरहेको छ।

दोस्रो स्थानमा मारुती सुजुकीको फ्रन्क्स रहेको छ, जसले अक्टोबर महिनामा १७ हजार ३ युनिट बिक्री गर्न सफल भयो। बलेनोको हार्टेक्ट प्लेटफर्ममा आधारित सो मोडलले आफ्नो कुपे शैलीको डिजाइन, इन्धन दक्षता र विभिन्न भेरिएन्ट विकल्पको कारण ग्राहकलाई आकर्षित गरिरहेको छ। फ्रन्क्सको बिक्री अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि भएको छ।

तेस्रो स्थानमा टाटाको अर्को लोकप्रिय मोडल, टाटा पन्च परेको छ । जसले १६ हजार ८१० युनिट बिक्री गरेको छ । सहित रहेको छ। यो गत वर्षको भन्दा ७ प्रतिशतले बढी हो । कम्पनीले २०२६ को सुरुवातमा यसको अपडेटेड पेट्रोल भेरिएन्ट ल्याउने योजना बनाएको छ।

कियाको सोनेट एसयूभीले पनि उल्लेखनीय प्रदर्शन गर्दै १२ हजार ७४५ युनिट बिक्री गरेको छ, जुन गत वर्षको तुलनामा ३१ प्रतिशत वृद्धि हो । त्यसैगरी, महिन्द्राको नयाँ एक्सयूभी थ्रीएक्सओ १२ हजार २३७ युनिट बिक्रीसहित पाँचौं स्थानमा रहेको छ।

मारुती सुजुकीको ब्रेजा भने यसपटक गत वर्षको तुलनामा २७ प्रतिशतले घटेको छ । अर्कोतर्फ  हुन्डाईको भेन्यूले ११ हजार ७३८ युनिट बिक्री गर्दै ८ प्रतिशत वृद्धि दर्ता गरेको छ।

त्यस्तै हुन्डाई एक्सेन्टले ६ हजार २९४ युनिट बिक्री गरेको छ ।

स्कोडा काइलोक ५ हजार ७८ युनिट र टोयोटा टेसर ४ हजार ५६१ युनिट बिक्री गर्दै शीर्ष १० सूचीमा आफ्नो स्थान सुरक्षित गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *