जिल्ली ईएक्स ५ को विश्व सफलता

चीनको जिल्ली अटोले बनाएको पूर्णत: विद्युतीय एसयूभी जिल्ली ईएक्स ५ ले विश्वभर २ लाख १० हजार युनिट बिक्री गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ।

यसले आफ्नो वर्गमा सबैभन्दा सफल नयाँ इभी मोडलको रूपमा स्थान बनाएको छ।

चीनमा मात्र सात महिनामै १ लाख युनिटभन्दा बढी बिक्री भएको यो मोडल हाल २६ देशमा उपलब्ध छ, जसमा थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, युरोप र ल्याटिन अमेरिकी देशहरू पनि छन्।

जिल्ली अटोले सन् २०२५ को पहिलो छ महिनामा १४ लाख सवारी बिक्री गर्दै ४७% वृद्धि गरेको छ र वार्षिक लक्ष्य ३० लाख युनिट पुर्‍याउने योजना बनाएको छ।

नेपालमा पनि हालै बिक्री सुरु गरिएको ईएक्स ५ ले ग्राहकहरूको मन जित्न थालेको छ। एलआरआर मोटर्सले देशभर डिलरशिप विस्तार गर्ने तयारी गरेको छ।

सुरक्षाको दृष्टिले, ईएक्स ५ ले २०२५ मा यूरो NCAP र अस्ट्रेलियाली मूल्याङ्कनमा फाइभ–स्टार सुरक्षा रेटिङ पाएको छ।

बलियो संरचना, ७ एयरब्याग, ३६० क्यामेरा र नवीन प्रविधिहरूका कारण यसले अन्तर्राष्ट्रिय स्तरमा धेरै पुरस्कारहरू समेत जितेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *