सिरानचोक–४, चोरकाटे घुम्तीमोडमा बा४ख ६०४३ नम्बरको माइक्रोबस अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन्।
दुर्घटनामा ८ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भएका छन्। घाइतेहरुलाई प्रहरी टोलीले उद्धार गरी प्रदेश अस्पताल गोरखा पठाएको छ। माइक्रोबसमा जम्मा १९ यात्रु सवार थिए, जसमध्ये अधिकांश चितवनको खैरेनी नगरपालिका घरका हुन्।