लमजुङ र बागलुङमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
लमजुङको मस्र्याङ्दी–६ नाइचेमा निर्माण हुँदै गरेको हिडिखोला जलविद्युत परियोजनाका लागि सिमेन्ट बोक्दै गएको बा८च ३७३१ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर करिब ८०० मिटर तल खसेको थियो। दुर्घटनामा दोलखा मेलुङ–४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको छ भने २० वर्षीय उमेश लिम्बू सकुशल छन्।
त्यसैगरी, बागलुङको बुर्तिबाङमा ग३च ३८१९ नम्बरको पिकअप जिपको ब्रेक फेल भएर दुर्घटना हुँदा २३ वर्षीय राजेन्द्र अदैको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य चारजना घाइते भएका छन्, जसमा ४३ वर्षीय विरबल परियारलाई थप उपचारका लागि पोखरा पठाइएको छ।