बर्दियामा मोटरसाइकल दुर्घटनामा मृत्यु

बर्दियाको राजापुर नगरपालिका–१ जोगीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गुलरिया नगरपालिका–७ का ३० वर्षीय विकास यादवको मृत्यु भएको हो। मोटरसाइकल ३६ वर्षीय रामदल सोनीले चलाइरहेका थिए।

राजापुरबाट गुलरियातर्फ आउँदै गर्दा मोटरसाइकल हुलाकी सडकमा अनियन्त्रित भई शुक्रबार राति साढे १० बजे दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा घाइते दुबै जनालाई राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि बर्दिया अस्पताल लगिएको थियो।
उपचारको क्रममा यादवको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख सन्दीप बेल्बासेले बताए।
मोटरसाइकल चालक सोनीलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *