कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिकालाई जोड्ने नयाँ पक्की पुल निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भएको छ।
गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास निर्देशनालयले कुश्मा–२ नयाँपुल र बागलुङ–१३ कालाखोलालाई जोड्ने १०० मिटर लामो पुल बनाउन तयारी थालेको हो।
पुल निर्माणका लागि १६ करोड ९५ लाख रुपैयाँ लागत तोकिएको छ। हाल निर्माणस्थलको माटो परीक्षण भइरहेको र प्रतिवेदन प्राप्त भएपछि काम सुरु गरिने निर्देशनालयले जनाएको छ।
निर्माण कम्पनीसँग २०८२ असार १७ गते सम्झौता गरिएको छ, जसअनुसार पुल तीन वर्षभित्र तयार हुनेछ। पुल १०० मिटर लामो र ११ मिटर चौडा हुने योजना छ।