सिएफ मोटो नेपालले ‘सिएफ मोटो मेनेक्क राइड २’ आयोजना गर्ने घोषणा गरेको छ।
पहिलो संस्करणको सफलतापछि सुरु गरिएको यो दोस्रो एडभेन्चर राइड विशेष रूपमा सिएफ मोटोका बाइकप्रेमी र अफ–रोड उत्साहीका लागि तयार गरिएको हो।
यो राइडमा सिएफ मोटोको लोकप्रिय ४५० एमटी बाइक प्रयोग हुनेछ। राइड कात्तिक २२ गते शनिबार बिहान ८ बजे सुरु भई साँझ ५ बजे सकिनेछ।
रुट ककनी–रानीपौवा–ढिकुरे–नुवाकोट दरबार (अफ–रोड ट्रेल) रहनेछ, जसमा जंगल, पहाड, हिलो र घुम्ती बाटोको रोमाञ्चक अनुभव प्राप्त हुनेछ।
सहभागीहरूले लाङटाङ हिमशृंखलाको दृश्य, स्थानीय आतिथ्य, र जैविक भोजनको स्वाद पनि लिन सक्नेछन्।
यात्रामा अनुभवी मार्शल, ट्रिप गाइड र मेकानिकल सहयोग उपलब्ध हुनेछ।
राइडको उद्देश्य सिएफ मोटो कम्युनिटीलाई अझ बलियो बनाउने, जिम्मेवार एडभेन्चर राइडिङलाई प्रवर्द्धन गर्ने र नेपालको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्य अन्वेषण गर्ने रहेको छ।