गौतमबुद्ध विमानस्थल रणनीति

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु कम र व्यापार घाटाका कारण नियमित उडान कठिन भएको छ।

उच्चस्तरीय आयोगले यहाँ व्यावसायिक सम्भाव्यता नदेखिएकोले विकल्प खोज्न सुझाव दिएको छ।

आयोगका अनुसार, यो विमानस्थल नेपालभरिबाट निर्यातजन्य सामान ओसारपसारका लागि उपयुक्त छ।

त्रिभुवन विमानस्थलमा निर्यात चाप बढ्दै गएपछि यहाँ कार्गो एयरलाइन्स आकर्षित गर्न सकिने छ।

‘गौतमबुद्ध विमानस्थल कार्गोका लागि निर्यात पूर्वाधार केन्द्रको रूपमा विकसित गर्न सकिन्छ,’ आयोगले भने।

अन्तर्राष्ट्रिय यात्रु सेवा जारी राख्न पुराना निर्णय पालना गर्नुपर्ने पनि जनाएको छ।

साथै, नेपाली व्यवसायीलाई विशेष सुविधा र वायुयान लिजिङको व्यवस्था गरेर यहाँ कार्गो एयरलाइन्स सञ्चालन गर्न आह्वान गर्न सुझाव दिइएको छ।

लुम्बिनीलाई धार्मिक र सांस्कृतिक हब बनाउने काम समेत कमजोर भएको आयोगले औँल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *