Skip to content
जेन्जी आन्दोलनका कारण अस्थायी रूपमा बन्द भएको चन्द्रागिरी हिल्स आगामी शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।
आन्दोलनका क्रममा सम्पत्तिमा क्षति पुगेपछि सेवा रोकिएको थियो।
कम्पनीका अनुसार आवश्यक मर्मत–सम्भार र पूर्वाधार पुनःस्थापना कार्य पूरा भएपछि अब सबै तयारी सम्पन्न भएको छ।
पुनः सञ्चालनसँगै केबलकार, रेस्टुरेन्ट, भ्यू टावर र अन्य पर्यटक सेवाहरू नियमित रूपमा चल्नेछन्।
चन्द्रागिरी हिल्सले पर्यटकहरूलाई पुनः स्वागत गर्न तयार भएको र सुरक्षा उपायहरूलाई थप बलियो बनाएको जनाएको छ।
कम्पनीले सर्वसाधारणको सहयोगका लागि धन्यवाद दिंदै सुरक्षित र रमाइलो अनुभव दिने प्रतिबद्धता जनाएको छ।
Post Views: 28