नेपालका विमानस्थलमा यात्रुहरूलाई हातले छामछुम गर्दै गरिने भन्सार जाँचप्रति उच्चस्तरीय अध्ययन आयोगले प्रश्न उठाएको छ।
आयोगको प्रतिवेदन अनुसार यस्तो प्रक्रिया असहज, अनावश्यक र अन्तर्राष्ट्रिय मान्यतासँग मेल नखाने भएकाले पर्यटकको अनुभव नकारात्मक बनाएको छ।
आयोगले राजस्व चुहावट नियन्त्रणमा मात्र ध्यान दिनु, संगठित अपराध नियन्त्रणमा कम प्रभाव, सुरक्षाकर्मीको असंगठित व्यवहार, पार्किङ शुल्क असुल्ने निजी सुरक्षा व्यवस्थापन जस्ता विषयमा पनि प्रश्न उठाएको छ।
नेपालका विमानस्थलमा सुरक्षाकर्मीहरूले आफ्नो नियमअनुसार कार्य गर्दा यात्रु असहज महसुस गर्ने अवस्था सिर्जना भएको आयोगले जनाएको छ।
अन्य देशमा जस्तै विशेषज्ञ सुरक्षा दस्ताको आवश्यकता भए पनि नेपालमा निर्णय छैन।
हाल बाहिरी सुरक्षा नेपाली सेना, भित्र भन्सारमा सशस्त्र प्रहरी खटाइएको छ।