कम्बाइन ठक्करले साइकल यात्रीको मृत्यु

बर्दियामा कम्बाइन हार्वेस्टरको ठक्करबाट ७१ वर्षीय साइकल यात्री तारासिंह हमालको मृत्यु भएको छ।

गेरुवा गाउँपालिका–२, राजीपुरका हमाललाई बुधबार दिउँसो साढे २ बजे पाताभारको भित्री सडकमा धान काटेर फर्किँदै गरेको कम्बाइन हार्वेस्टरले ठक्कर दिएको थियो।

ठक्करपछि गम्भीर घाइते भएका हमाललाई तत्काल राजापुर नगर अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भयो।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *