टाटा सिएरा छिट्टै बजारमा

भारतीय अटोमोबाइल कम्पनी टाटाले आफ्नो चर्चित SUV ‘टाटा सिएरा’ लाई नयाँ रूप र प्रविधिसहित पुनः बजारमा ल्याउने तयारी गरेको छ।

कम्पनीले यो मोडल आगामी एक महिनाभित्र सार्वजनिक गर्ने योजना बनाएको छ।

नयाँ सिएरामा १.५ लिटर टर्बो पेट्रोल र डीजल इन्जिन विकल्प हुनेछ, जसले शक्तिशाली प्रदर्शन र राम्रो माइलेज दिने अपेक्षा गरिएको छ।

भविष्यमा यसको इलेक्ट्रिक संस्करण पनि ल्याउने तयारी भइरहेको छ।

गाडीको डिजाइन पुरानो सिएराको पहिचानलाई आधुनिक शैलीमा पुनर्जीवित गरिएको छ — चौडा बॉडी, आकर्षक LED हेडलाइट, ठूलो ग्रिल र आधुनिक इन्टेरियर यसको मुख्य विशेषता हुन्।

सिएराले हुन्डाइ क्रेटा, मारुती सुजुकी ग्र्यान्ड भिटारा र किया सेल्टोस जस्ता मिड–साइज SUV सँग भारतीय बजारमा प्रतिस्पर्धा गर्नेछ। टाटाले यस मोडलमार्फत आफ्नो SUV सेग्मेन्टलाई अझ बलियो बनाउने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *