Skip to content
निरन्तर वर्षाका कारण विभिन्न जिल्लाका प्रमुख राजमार्ग बाढी र पहिरोले अवरुद्ध भएका छन्।
तमोर करिडोर, मेची राजमार्ग र बीपी राजमार्ग प्रभावित भएका छन्।
पाँचथर–धनकुटाको सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरान, धनकुटा, मूलघाट हुँदै पाँचथर–ताप्लेजुङ जोड्ने तमोर करिडोर बन्द भएको छ।
इलामको राजदुवाली क्षेत्रमा मेची राजमार्गमा पनि पहिरो र जमिन भासिएपछि सडक अवरुद्ध भएको छ।
मोन्था चक्रवातको आंशिक प्रभावका कारण पूर्वी क्षेत्र जोखिममा परेपछि प्रशासनले बिहीबार साँझदेखि सवारी आवागमनमा रोक लगाएको थियो।
काभ्रेको बीपी राजमार्गमा पनि पहिरोले सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
Post Views: 13