नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ ठेकेदार कम्पनी सिएएमसी इन्जिनियरिङलाई बाँकी भुक्तानी गर्ने निर्णय गरेको छ।
राष्ट्रिय गौरवको आयोजना भएकाले विमानस्थल निर्माण सम्पन्न भइसकेको भए पनि लामो समयदेखि ठेकेदारसँग बाँकी रकमको विषयमा विवाद चलिरहेको थियो।
प्राधिकरणको निर्णय अनुसार धराैटीसहित कुल ३ अर्ब ४ करोड ९९ लाख ४५ हजार १३१ रुपैयाँ रकम तिर्न स्वीकृति दिइएको छ।
यसका लागि अर्थ मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सहमति गरी भुक्तानी प्रक्रिया अघि बढाइएको हो।
निर्माण कार्यका क्रममा देखिएका प्राविधिक र प्रशासनिक समस्याहरू समाधान गरेपछि प्राधिकरणले अन्तिम भुक्तानी गर्न अनुमति दिएको जनाएको छ।
यसले विमानस्थल निर्माणको पूर्णता सुनिश्चित गर्ने र ठेकेदारसँगको विवाद टुङ्ग्याउने विश्वास व्यक्त गरिएको छ।