जिली गाडीका नेपालका आधिकारिक वितरक एलआरआर मोटर्सले देशभर १४ वटा नयाँ शोरुम खोल्ने योजना सार्वजनिक गरेको छ।
कम्पनीले आगामी एक वर्षभित्र सबै प्रदेशमा बिक्री, सेवा र स्पेयर पार्ट्सका लागि शोरुम सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।
पहिलो चरणमा विराटनगर र बुटवलमा डिलर नियुक्त गरिसकिएको र ती शोरुम चाँडै सञ्चालनमा आउने जनाइएको छ।
यो विस्तारले जिली IE X5 जस्ता मोडलहरूप्रति बढ्दो ग्राहक आकर्षणलाई सम्बोधन गर्ने र नेपालमा प्रिमियम इलेक्ट्रिक गाडीको अनुभव सुदृढ बनाउने उद्देश्य राखेको छ।