जगदम्बा मोटर्सले ललितपुरमा रहेको युनिराइड अटोलाई टिभीएस आइक्युबको धेरै बिक्रीको अवार्ड प्रदान गरेको छ ।
वाग्मतीमा रहेका टिभिएस डिलरहरुमध्ये ललितपुरको महालक्ष्मीथानमा रहेको युनिराइड शोरुमले सबैभन्दा धेरै आइक्युव बिक्री गरेको भन्दै अवार्ड जित्न सफल भएको हो ।
मोटर्सले आयोजना गरेको कार्यक्रममा युनिराइडका प्रबन्ध निर्देशक निर्मल सिग्देलले अवार्ड ग्रहण गरेका छन् ।
ग्राहकको माया र विश्वासकै कारण युनिराइडले अवार्ड जित्न सफल भएको सिग्देलले बताए ।
अवार्ड समारोहमा टिभिएस मोटर्स कम्पनीका सेल्स हेड विक्रान्त ठाकुर, जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र कुमार मिश्रा, सेल्स हेड सुशान्त आचार्य, सेल्स प्रतिनिधि उद्देश्य रानाको उपस्थितिमा सम्पन्न भएको थियो ।
सो अवसरमा देशभरका अन्य डिलरहरुले पनि विभिन्न शीर्षकमा अवार्ड प्राप्त गरेका थिए ।
नेपालमा २ वर्ष अगाडि टिभिएसले विद्युतीय स्कुटर टिभीएस आइक्युब सार्वजनिक गरी बिक्री वितरण सुरु गरेको थियो ।
नेपालका लागि टिभिएसको आधिकारिक बिक्रता जगदम्बा मोटर्स रहेको छ ।
टिभिएस आइक्युवप्रति ग्राहकको आकर्षण बढिरहेको कम्पनीले जनाएको छ ।