धनगढीमा प्रोटोन ईमास शोरुम उद्घाटन

जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गतको प्रोटोन ईमासले धनगढीको बोराडाँडीमा अत्याधुनिक शोरुम उद्घाटन गरेको छ, जसले कम्पनीको राष्ट्रिय विस्तार यात्रामा नयाँ उपलब्धि थपेको छ।

शोरुमले सेल्स, सर्भिस र स्पेयर पार्ट्स (थ्रीएस सुविधा) एकै छानामुनि उपलब्ध गराउने छ।

उद्घाटन समारोहमा ब्राण्डले तीनवटा प्रोटोन ईमास सवारी हस्तान्तरण गरेको छ, जसले सुदूरपश्चिम क्षेत्रमा ग्राहक विश्वास र उत्साह झल्काएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले शोरुमको उद्घाटन गरेका हुन् भने जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले ग्राहकको जोश र हरित भविष्यप्रतिको विश्वासले कम्पनीलाई प्रेरणा दिएको बताए।

यस विस्तारसँगै प्रोटोन ईमासले नेपालभर आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउँदै दिगो नवप्रवर्तन, ग्राहक सन्तुष्टि र अत्याधुनिक ईभी प्रविधि विकासतर्फ आत्मविश्वासपूर्वक अघि बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *