मिति २०८२/६/ २७ गते, साेमबार
लायन्स क्ल्ब अफ काठमाडौ अटो सोसियल फ्रेन्डसले क्ल्बका अध्यक्ष लायन कृष्टिना ताम्राकार ज्युकाे स्व. पिता बिजयरत्न ताम्राकारको ११ औं पुन्यतिथिमा गंगबुमा रहेकाे हिमालयन बृद्दाश्रम केन्द्रका बुबा आमाहरुलाइ बिहानिको भोजन तथा सरसफाइको सामान बितरण गरियाे ।


उक्त कार्यक्रम क्ल्ब अध्यक्ष कृस्टिना ताम्राकारको अध्यक्ष्यतामा प्रमुख अतिथी डिस्ट्रीक चिफ एड्भाइजर लायन कृष्णप्रसाद शर्माको प्रमुख आतिथ्यतामा अतिथिहरू मार्केटिङ चिफ लायन लिडर अक्षय कुमार गाैतम, हङ्गर रिलिफ चिफ लायन बिप्लव भट्ट, डिस्ट्रीक चिफ लायन राेशनकुमार श्रेष्ठ, जोन चियर पर्सन लायन बिकल श्रेष्ठ क्लबका अध्यक्षकी आमा कृष्णलक्ष्मी ताम्राकार, सहयाेगी महिला जागरण मंचका सबिना श्रेष्ठ र क्ल्बका साथिहरुको उपस्तिथिमा हिमालय बृदाश्रम सस्थाका शोभा सापकोटालाई सरसफाईकाे सामानहरू हस्तान्तरण गरि आमा बुबाहरूलाई खाना खुवाएर सम्पन्न गरियाे ।
