धादिङ अटोमोबाइल राहत वितरण कार्यक्रम

२०८२ अशोज ६ गते विगत ३ दिन देखी मुग्लिन पहिरोमा फसेका करीब ४०० यात्रुहरुलाइ धादिङ अटोमोबाइल एशोसियसनद्वारा राहत वितरण कार्य सम्पन्न भएको छ ।

नारायणगढ – मुग्लिन सडक खण्डको तुइन खोला नजिकै ढुङगा र गिटि सहितको ठुलो पहिरो विगत ३ दिन देखि खसेको थियो।

सडक डिभिजन कार्यालय भरतपुरबाट डोजर झिकाइ पहिरो सफा गर्ने कार्य भैरहे पनि माथीबाट पहिरो खस्न नरोकिएकोले सडकमा हजारौ यात्रीहरु बिचल्लीमा परेका थिए।

सडकमा फसेका यात्रुहरुले बिगत ३ दिन देखि पानी खाना समेत सह्ज रुपमा खान पाएका थिएनन, सो कुरालाइ मध्यनजर गर्दै धादिङ अटोमोबाइल एशोसियसनले मुग्लिन नारायणगढ सडक खण्डका विभिन्न स्थानमा यात्रुहरुलाइ चाउचाउ, बिस्कुट, चिउरा, पानी, जुस लगायतका खाध्यसामग्रीहरु वितरण गरिएको अध्यक्ष इन्द्रकुमार त्रीपाठीले बताउनुभयो।

सामाजिक कार्य अन्तर्गत आफुहरुले यस्ता कार्यहरु समय – समयमा गरिरहेको अध्यक्ष त्रीपाठीले बताउनुभयो।

उक्त राहत वितरण कार्यमा सन्स्थाका अध्यक्ष त्रीपाठी लगायत सदस्यद्वय उमेश त्रीपाठी र रविशङकर शाहले दिनभर खटेर यात्रुहरुको सेवा गरेका थिए।

मुग्लिन पहिरोमा परेका यात्रुहरुलाइ सहयोग गर्नुहुने सहयोगी मनका धनीहरुको नामावलि यसप्रकार रहेको छ ।

१. नारायण रिजाल रु ५५५ २. रविन रेग्मी रु ११११ ३. प्रकाश पोख्रेल रु ११११ ४. लाल बहादुर श्रेष्ठ रु ११११ ५. रवि रेग्मि रु ५५५ ६. प्रन्जित स्टोर रु १०८१ ७. दुर्गा मन्दिर परिवार रु ११०० ८ सुशील आचार्य रु ५५० ९ बाबुराम खरेल रु १०० १० ॐ नृवेश्वर मोटर पार्ट्स रु १५०० ११ अशोक खनाल रु १००० १२ अ्म्बे आयल्स परिवार रु ५०० १३ कमलराज कडेल रु २०० १४ एल एम एस सप्प्लायर्स २ कार्टुन बिस्कुट १५ कृष्णप्रसाद त्रीपाठी ५ कार्टुन पानी र १ कार्टुन जुस १६ कृष्णकुमार सिल्वाल १ कार्टुन जुस १७ श्रवणकुमार त्रीपाठी ७ कार्टुन चाउचाउ १८ ॐप्रसाद घिमिरे २ कार्टुन बिस्कुट १९ भुवन कडेल १ कार्टुन बिस्कुट २० रुबी वेभरेज १५ कार्टुन २१ विशाल अधिकारी रु ५०० २२ प्रताप भट्ट रु ५०० २३. अनिल मोटर पार्ट्स रु ५०० ।

२४. सिलौटो किचन एण्ड गेस्ट हाउस – १६ कार्टुन पानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *