अडी इन्डियाले आफ्ना सबै गाडीको मूल्य घटाएको छ।
कम्पनीले हालै लागू भएको जीएसटी २.० (GST 2.0) बाट प्राप्त कर लाभलाई ग्राहकमा हस्तान्तरण गर्ने निर्णय गरेसँगै यो मूल्य कटौती गरेको हो।
यस निर्णयबाट अडीका गाडीहरू भारु ७.८३ लाख सम्म सस्तो भएका छन्।
कुन मोडलमा कति मूल्य घट्यो?
-
ए४ (A4): यसको मूल्य भारु २.६४ लाख ले घटेर भारु ४६.२५ लाख भएको छ।
-
ए६ (A6): यसको नयाँ मूल्य भारु ६३.७४ लाख भएको छ।
-
क्यु३ (Q3): यसको नयाँ मूल्य भारु ४६.१४ लाख भएको छ।
-
क्यु५ (Q5): यसको नयाँ मूल्य भारु ६८.३० लाख भएको छ।
-
क्यु७ (Q7) र क्यु८ (Q8): यी दुवै मोडलमा अधिकतम भारु ७.८३ लाख सम्मको मूल्य कटौती भएको छ। क्यु७ को नयाँ मूल्य भारु ८६.१४ लाख र क्यु८ को मूल्य भारु १.०९ करोड भएको छ।