नेपाली ईभी बजारमा क्रमशः लोकप्रिय बन्दै गएको प्रोटोनले बुटवलमा उल्लेखनीय सफलता हात पारेको छ।
शो–रुम औपचारिक रूपमा उद्घाटन हुनु अघि नै कम्पनीले आफ्ना प्रिमियम इलेक्ट्रिक एसयूभी प्रोटोन इमास ७ का १० युनिट ग्राहकलाई हस्तान्तरण गरेको हो।
यो शोरूम बुटवल–भैरहवा क्षेत्रमा बालाजी ई अटोमोबाइल्ससँग साझेदारीमा सञ्चालन हुनेछ।
उद्घाटनअघि नै भएको सामूहिक हस्तान्तरणले प्रोटोनप्रतिको ग्राहक रुचि र विश्वास स्पष्ट देखाएको छ।
धेरै खरिदकर्ताले शो–रुम उद्घाटन कुर्नुभन्दा पहिले नै कार खरिद सुनिश्चित गरेका छन्, जसले काठमाडौंबाहेकका क्षेत्रमा समेत ब्रान्डको भरोसा बढ्दो क्रममा रहेको संकेत दिएको छ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने, “उद्घाटन अघि नै बुटवलका १० परिवारले आफ्नो प्रोटोन इमास ७ घर लैजानु हाम्रो लागि गौरवको कुरा हो।
यसले विश्वस्तरीय प्रविधि, सुरक्षा र ग्राहक प्राथमिकतालाई प्रमाणित गर्छ।”
प्रोटोनले शून्य प्रतिशत ब्याजदर, आकर्षक वारेन्टी र भरपर्दो सेवा सञ्जालमार्फत सहज स्वामित्व अनुभव दिने लक्ष्य राखेको छ।
चीनको अग्रणी ईभी निर्माता जीलीसँगको सहकार्यमा बनेको प्रोटोन इमास ७ आधुनिक डिजाइन, सुरक्षा र स्मार्ट सुविधाले नेपाली ईभी पारखीको मन जितिरहेको छ।