फोटोनको आधिकारिक वितरक एमएडब्लु कमर्सियलले राजधानीको भृकुटीमण्डपमा चलिरहेको १७औं नाडा अटो शो २०२५ मा नयाँ इलेक्ट्रिक पिकअप ई–टुनल्यान्ड सार्वजनिक गरेको छ।
शहर मात्र नभई उकालो र अफ–रोडमा पनि उपयुक्त हुनेगरी डिजाइन गरिएको यो विद्युतीय पिकअपमा वातावरणमैत्री प्रविधि प्रयोग गरिएको छ।
यसमा विश्वप्रसिद्ध CATL कम्पनीको ८८ kWh क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले WLTP मापदण्डअनुसार ३५० किलोमिटरसम्म रेन्ज दिनेछ।
साथै, १३० kW को इलेक्ट्रिक मोटरले पर्याप्त पावर र पर्फर्मेन्स उपलब्ध गराउँछ।
ग्राहकलाई थप भरोसा दिलाउन फोटोनले ८ वर्ष वा ४ लाख किलोमिटरसम्म ब्याट्री वारेन्टी र ५ वर्ष वा २ लाख किलोमिटरसम्म मोटर वारेन्टी उपलब्ध गराएको छ।
टु–ह्विल ड्राइभ अप्सनमा उपलब्ध यो ई–टुनल्यान्डको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
अटो शोमा विशेष अफरअन्तर्गत ग्राहकले १ लाख रुपैयाँ छुट पाउनेछन्। बुकिङ पनि सुरु भएको कम्पनीले जनाएको छ।
फोटोनले यस इलेक्ट्रिक पिकअपमार्फत आफ्नो टुनल्यान्ड श्रृंखलालाई नयाँ उचाइमा पु¥याउने लक्ष्य राखेको छ।
यसअघि नेपाली बजारमा चर्चित बनेको G7 पिकअपपछि, ई–टुनल्यान्डमार्फत कम्पनीले “शक्तिशाली पिकअप, हरित भविष्य” को सन्देशसहित नयाँ अध्याय सुरु गरेको हो।
Post Views: 88