सामाजिक कार्यहरु गर्दै १७ औं वर्षमा प्रवेश

सहयोगी महिला जागरण मञ्च को १७ औं वार्षिक साधारण सभा नेशनल बाथरोग सेन्टरको सभाहल, रातोपुलमा भएको साधारण सभा कार्यक्रम सञ्चालन सचिव सविना श्रेष्ठले गर्नुभएको थियो भने सभापतित्व संस्थाको अध्यक्ष राधा कुमारी श्रेष्ठले गर्नुभएको थियो।

सभामा प्रमुख अतिथिमा काठमाडौं महानगरपालिका वडा नं ३० का महिला वडा सदस्य इन्दु सिँह, श्रेष्ठ तथा विशेष अतिथिमा नेशनल बाथरोग सेन्टरका‌ प्रबन्ध निर्देशक रोशन कक्षपती, लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टरका पुर्व अध्यक्ष, लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फेण्ड्सका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक चिफ, कर्पोरेटका लायन रोशन कुमार श्रेष्ठ, सामाजिक व्यक्तित्व साथै ९८ पटक रक्तदान गरिसक्नु भएका विष्णु बहादुर श्रेष्ठ, हिमालय वृद्धाश्रम केन्द्रका अध्यक्ष सरला पन्थी, उपाध्यक्ष विन्दा पौडेल, सल्लाहकार द्वय रुपा शाही बास्तोला तथा सुजिता अधिकारी साथै सस्थाका र आमा समुहका‌ सदस्यहरु सहभागी थिए ।

कार्यक्रम उद्घाटन प्रमुख र विशेष अतिथिले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका थिए। स्वागत मन्तव्य कोषाध्यक्षले दिनुभएको थियो ।

सभामा अतिथीहरुले संस्थाले गर्दै आईरहेको विभिन्न सामाजिक क्रियाकलाप उत्कृष्ट रहनुका साथै समाजका लागी उपलब्धिमुलक रहेको र आगामी दिनहरुमा सहयोगी महिला जागरण मञ्चले गर्ने हरेक सामाजिक कार्यहरुमा निरन्तर रुपमा साथ सहयोग रहने प्रतिबद्धता जाहेर गर्नुभयो ।

विशेष अतिथि रोशन कक्षपतीले स्वास्थ्य वारे विशेष गरेर बाथरोग सम्बन्धी जनचेतना जनस्तरमा स्थानिय संघ संस्थासंग मिलेर भईरहेको र सहयोगी महिला जागरण मञ्चले यसमा अझ थप शसक्त रुपमा स्वास्थ्य सम्बन्धी कार्यहरूलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

प्रमुख अतिथिले संस्थाका कार्यहरु समाजको लागि निकै उपलब्धिपूर्ण रहेको भन्दै पवित्र सामाजिक कार्यमा सदैव सहयोग रहने समेत प्रतिबद्धता जाहेर गर्नुभयो साथै आत्मनिर्भर सिपमुलक कार्यको लागी छिट्टै वडामा प्रस्ताव आव्हान गर्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्षले प्रतिवेदन, कार्यप्रगति विवरण साथै आगामी कार्ययोजना प्रस्तुत गरे ।

कार्यक्रमको अन्तमा अध्यक्षले‌ प्रमुख अतिथि, विशेष अतिथि साथै अतिथिहरुलाई स्थानिय श्रोत साधनबाट तयार पारिएको मकैको खोस्टाको फुल र गुच्छा मायाको चिनोको रुपमा प्रदान गर्नु भई उपस्थित सबैलाई धन्यवाद सहित कार्यक्रम समापन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *