नेपालसँग सुरुङमार्ग सञ्चालनको अनुभव छैन । परियोजनाको ठेक्का सम्झौता गर्दा पनि निर्माणका लागि मात्रै गरिएको छ ।
तसर्थ, यता सडक विभागले सुरुङमार्ग सञ्चालन गर्न पहिलो पाँच वर्ष अन्तर्राष्ट्रिय स्तरको सर्भिस प्रोभाइडर कम्पनी तथा संस्था ल्याउने तयारी गरेको छ ।
यसका लागि खरिद निर्देशिका सार्वजनिक खरिद अनुगमन कार्यालयबाट स्वीकृति भइसकेको छ । साथै, बिड डकुमेन्ट पनि स्वीकृतिका लागि कार्यालयमा पेस भइसकेको छ ।
त्यो स्वीकृति भएपछि सर्भिस प्रोभाइडर छनोटका लागि अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गर्ने तयारी छ । त्यसका लागि अझै एक महिना लाग्ने बताइएको छ , खरिद प्रक्रियामा न्यूनतम तीन महिना समय लाग्नेछ ।
छनोट हुने सर्भिस प्रोभाइडर कम्पनीले पाँच वर्षसम्म सुरुङ सञ्चालनसम्बन्धी सम्पूर्ण काम गर्नुपर्नेछ ।
र, सोही कम्पनीलाई नै सडक बोर्डको खातामा सोझै जम्मा हुने गरी टोल ट्याक्स उठाउन जिम्मा दिइने तयारी छ । यसबापत कम्पनीले सेवा शुल्क पाउनेछ ।
टोल ट्याक्स तिर्नका लागि डिजिटल भुक्तानीको समेत सुविधा राखिनेछ । नगद जम्मा भएको रकम भने कम्पनीले हरेक दिन बोर्डको खातामा जम्मा गरिदिनुपर्र्नेछ ।
यसमा अनियमितता हुन नदिन भेइकल डिटेक्टर मेसिन राखिनेछ । त्यसको हरेक दिन अडिटसमेत गरिनेछ ।
अनियमितता हुन नदिन भेइकल डिटेक्टर राखिनेछ । त्यसको हरेक दिन अडिटसमेत गरिने परियोजनाका डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए । ‘त्यसले कुन दिन कस्ता र कति गाडी सुरुङमा प्रवेश गरे भन्ने देखिन्छ ।
त्यसबापत कति राजस्व उठ्नुपर्ने थियो भन्ने पनि हिसाब निस्किन्छ । प्राप्त राजस्व त्योअनुसार नेदेखिएमा सम्बन्धित कम्पनी नै जवाफदेही हुनुपर्छ,’ उनले भने ।