नेपालमा परिमिता इन्भेष्टमेन्ट प्रालिले निकैं सस्तो इभी स्कुटरहरु आयात गरी धेरै बिक्री वितरण गर्ने र देशैभर डिलरहरु भएको कम्पनीले १५० किमी. रेन्ज दिने ठुलो पांग्रा भएको नयाँ लुक्समा S Way Velax चाडैं नैं ल्याउने कम्पनीका संचालक पुरुषोत्तम तुलाधरले जानकारी दिनुभयो ।
अहिलेको प्रचलित ग्राफिन ब्याट्रीहरु ६ वटा प्रयोग भएको, चिटिक्क परेको एसवेको नयाँ मोडेल, हेर्दा निकैं आकर्षक देखिने, यो स्कुटर होचा व्यक्तिहरुले पनि सजिलैं चलाउन सक्दछन् ।
एकपटक ब्याट्री फुल चार्ज गरेपछि १५० किलोमिटरको माइलेज दिने यो स्कुटरमा पनि ब्याट्री रिजेनेरेसन सिस्टम छ, ब्याट्रीको सबै पिस एकैचोटि बिग्रिँदैन ।
कम्पनीले स्तरीय मोटरको प्रयोग गरेकाले हरेक मोटरमा दुई वर्षको न्यूनतम वारेन्टी दिएको हो । तथापि मोटर निकै लामो समयसम्म चल्छ ।
यसको ग्राउन्ड क्लियरेन्स निकै राम्रो छ, भने यसमा पनि रिभर्स गियरलगायतका अन्य धेरैं विशेषताहरु छन् । कम्पनीले यसको मुल्य रु १ लाख ९० हजार तोकेको छ ।