यूनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिजको आयोजना र भिडोल कर्पोरेशन लिमिटेड, भारतको सहयोगमा ‘भिडोल टेक्निकल एण्ड सेल्स ट्रेनिङ’ जनकपुरको बर्दिबासस्थित गौतम होटलमा कार्यक्रम सम्पन्न भएको छ ।
उक्त ट्रेनिङमा नेपालभरका डिलरबाट ६० जना सेल्स प्रतिनिधी सहभागी भएका थिए । कार्यक्रमम भिडोलका उत्पादन सुविधा, उत्पादन प्रक्रियाको विश्लेषण र गुणस्तर नियन्त्रणको बारेमा विस्तृत जानकारी दिइएको थियो ।
विश्व बजारमै लोकिप्रय रहेको भिडोल विगत केहि समययता नेपालमा उत्पादन भइरहेको छ ।
नेपालमा उत्पादन हुन थालेपछि यस ब्राण्डप्रति ग्राहकको आकर्षण बढिरहेको र आगामी दिनमा बजार विस्तारमा कस्तो रणनीतिक अपनाउने भन्ने विषयमा ट्रेनिङ केन्द्रित रहेको युनाइटेड लुब्रिकेन्ट्सका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्रले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै भिडोल कर्पोरेशनका उत्पादन प्रमुख रमेश सिंहले भिडोलका उत्पादनहरू गुणस्तरीय रहेको बताए । ‘गुणस्तरलाई प्रमुख प्राथमिकतामा राखेर हामीले उत्पादन बजारमा पठाइरहेका छौं,’ उनले भने ।
भिडोल कर्पोरेशनका आर एण्ड डी प्रमुख डा. कल्पेन्दर राजुकरले भीडोलका उत्पादनहरूको रेन्ज, गुणस्तर र यसको प्रयोगको औचित्य तथा उद्देश्यबारे व्याख्या गरेका थिए ।
युनाइटेड लुब्रिकेन्ट्सका उप–महाप्रबन्धक दिनेश खनालले कार्यक्रमको सञ्चालन गरेका थिए । तालिम पश्चात, सबै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले भीडोल ब्राण्डसंग जोडिन पाउँदा खुसी लागेको र बजार विस्तारमा सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए ।