प्रोटोन इमास ७का साथ जगदम्बा मोटर्सले दिगो मोबिलिटीप्रति प्रतिबद्धता दोहोर्यायो
नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले नैमा मोबिलिटी एक्स्पो २०२५ मा सहभागिता जनाउँदै नेपालको दिगो मोबिलिटी भविष्यप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।
कम्पनीले कार्यक्रममार्फत नयाँ प्रविधियुक्त प्रोटोन इमास ७ मोडलमा विशेष अफरहरू घोषणा गर्दै, देशभर सेवा सञ्जाल विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ।
यस वर्षको सुरुवातमा मलेसियाको पहिलो विद्युतीय सवारी प्रोटोन इमास ७ नेपाल निर्यात गरेर इतिहास रचिएको थियो।
यस मोडलले मलेसियामा आफ्नो सेग्मेन्टमा नं. १ ईभीको स्थान हासिल गरिसकेको छ।
जगदम्बा मोटर्सले सन् २०१८ को नोभेम्बरदेखि नेपालमा प्रोटोन गाडीको वितरण गर्दै आएको छ।
कम्पनीको योजना २०२५ सकिँदासम्म १२ वटा शोरूम र सेवा केन्द्र सञ्चालनमा ल्याउने छ, जसमा हाल ३ वटा शोरूम सञ्चालनमा छन्।
शंकर ग्रुपमार्फत निर्माणाधीन इभी इकोसिस्टम अन्तर्गत निम्न सेवा व्यवस्था गरिनेछ:
प्रामाणिक स्पेयर पार्ट्स
आधुनिक डाइग्नोस्टिक उपकरण
प्रमाणित तालिमप्राप्त प्राविधिक
सहज वारन्टी दाबी प्रक्रिया
चार्जिङ स्टेशनहरू
नैमा एक्स्पोमा घोषणा गरिएका प्रारम्भिक अफरहरू:
०% ब्याजदरमा ४ वर्षको फाइनान्सिङ (६० मिनेटमै स्वीकृति)
८ वर्षको अनलिमिटेड माइलिज ब्याट्री वारन्टी
रु. २.९९ लाखसम्म नगद छुट
उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन
निःशुल्क अटो प्लस बीमा
‘इमास असिस्टेन्ट प्लस’ सहित प्रिमियम रोडसाइड सहायता सेवा
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक श्री अखिल गुप्ताले भने:
“प्रोटोन इमास ७ र सेवा सञ्जाल विस्तारसँगै हामी प्रत्येक नेपाली ग्राहकका लागि विद्युतीय सवारीलाई अझ पहुँचयोग्य, भरपर्दो र आकर्षक बनाउन प्रतिबद्ध छौं।“
जगदम्बा मोटर्स नवीन प्रविधियुक्त सवारीहरू नेपाली बजारमा ल्याउने र उत्कृष्ट ग्राहक सेवा दिने दिशामा प्रतिबद्ध छ, जसले नेपालको दिगो मोबिलिटी यात्रामा महत्वपूर्ण योगदान दिनेछ।
ग्राहकहरूलाई एक्स्पो स्टल L5 – हल B मा पुगेर प्रोटोन इमास ७ प्रत्यक्ष रूपमा अनुभव गर्न निमन्त्रणा गरिएको छ।