नेपाल अटो–मेकानिक्स ट्रेड युनियन (नाटु), बनेपा नगर कमिटी को बार्षिक स्थापना दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रम सोमबार अध्यक्ष नन्दु पँटेलको सभापतित्वमा बनेपामा सम्पन्न भएको छ ।
युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिजका डेपुड़ी जेनेरल म्यानेजर दिनेश खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथी, अटो नेपालका प्रकाशक तथा संचालक रोशनकुमार श्रेष्ठ, ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजु, प्रहरी निरीक्षक उपेन्द्र आचार्य, पत्रकारहरु तथा अटो मेकानिक्सहरुको बाक्लो उपस्थिति रहेको थियो ।
५२ जना सदस्य रहेको कमिटीको उक्त कार्यक्रममा उपाध्यक्ष सुरज खड्गि, कोषाध्यक्ष अर्जुन श्रेष्ठ, युवा अटो व्यवसायी राम पोटे, सुमन वैद्य लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले नेपाली उत्पादनलाई अधिकतम प्रयोग गरी आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान गर्न अनुरोध गर्नुभयो ।
युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिजले नेपाली गोल्ड लुब्रिकेन्ट्स नेपालमा नै उत्पादन गर्दै आइरहेकाले स्वदेशी उत्पादनलाई माया गर्न उहाँले आह्वान गर्नुभयो ।
उक्त अवसरमा अध्यक्ष नन्दु पँटेल, प्रमुख अतिथि खनाल, विशेष अतिथी, रोशनकुमार श्रेष्ठ, युवा अटो व्यवसायी राम पोटेले इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक उपेन्द्र आचार्य र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुलाई ट्राफिक सचेतनाको सन्देशमूलक ब्यानर हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथी, अटो नेपालका प्रकाशक तथा संचालक रोशनकुमार श्रेष्ठले नाटुका सबैं परिवारहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।