नेपालकै अटो हब गैरीधारामा सवारी साधनसँग सम्बन्धित सबै सेवा एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले ‘सि–कार’ सञ्चालनमा आएको छ।
सि–कारको औपचारिक शुभारम्भ महानायक राजेश हमालले गरेका हुन्।
सि–कारमा नयाँ र सेकेन्ड ह्यान्ड गाडीको किनबेच, एक्सचेन्ज सुविधा, गाडी भाडामा लिने सेवा (कार रेन्टल), एस्सेसरिज पसल, स्पेयर पार्टस्, क्याफे, चार्जिङ स्टेसन, गाडी बीमा, बिलबुक नवीकरण, तथा सदस्यता योजना जस्ता सम्पूर्ण सेवा एकै थलोमा पाइने व्यवस्था गरिएको संस्थापक रोशन घिमिरेले जानकारी दिए।
विद्युतीय गाडीका लागि विशेष द्रुत चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ, जसमा एकैपटक धेरै गाडी चार्ज गर्न सकिन्छ।
चार्जिङ गर्दा ग्राहकहरूले सि–कार परिसरमै रहेको आकर्षक इटालियन रेस्टुरेन्टमा बस्दै खानपानको मजा लिन सक्छन्।
साथै, ग्राहकले नयाँ वा सेकेन्ड ह्यान्ड गाडी किन्दा घरमै डेलिभरी सेवा समेत पाउनेछन्।
गाडीको बीमा गराउँदा बिलबुक नि:शुल्क नवीकरण गरिनेछ, जुन सुविधा कुनै अतिरिक्त शुल्क नलिइ प्रदान गरिनेछ।
सेकेन्ड ह्यान्ड गाडीको हकमा, सि–कारले तीन महिनासम्म प्राविधिक जिम्मेवारी लिने प्रतिबद्धता जनाएको छ, जसले ग्राहकलाई ढुक्क भएर सवारी खरिद गर्न सहज बनाउनेछ।
विशेषगरी विद्युतीय सवारीमा रुचि बढिरहेको अवस्थामा, BYD ब्रान्डका गाडीहरूको नयाँ शोरुम (रिकन्डिसन सहित) सि–कार परिसरमै सञ्चालनमा ल्याइएको छ, जसले विद्युतीय गाडी खोज्ने ग्राहकका लागि थप सहजता पुर्याउनेछ।
कम्पनीले ल्याएको सदस्यता योजनाअन्तर्गत, सेवा प्रयोग गर्दा प्वाइन्ट संकलन हुनेछ र विभिन्न सेवामा आकर्षक छुट प्रदान गरिनेछ।
चार रोपनी क्षेत्रफलमा फैलिएको सि–कारले हाल करिब ५० जनालाई रोजगारी प्रदान गरेको छ।
सवारीसँग सम्बन्धित सबै सुविधा एउटै ठाउँमा उपलब्ध गराउने लक्ष्यसहित सि–कार नेपाली अटो बजारमा एक नवीन र भरपर्दो गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।