नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको प्रथम अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ।
अधिवेशनले संस्थाको अध्यक्षमा खगेन्द्र सिंह बम र सह अध्यक्षमा कुमार चिमोरियालाई चयन गरेको छ ।
खगेन्द्र सिंह बमको अध्यक्षतामा नयाँ कार्यसमिती गठन भएको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा लक्ष्मण बन्जारा, महासचिवमा प्रकाश बस्नेत, उपमहासचिवमा राजेन्द्र कुमार राउत, सचिवमा नेत्र कटुवाल र कमल गौतम, कोषाध्यक्षमा जोतिमान बानियाँ र सह-कोषाध्यक्षमा सन्तोष न्यौपानेलाई चयन गरिएको सह-अध्यक्ष कुमार चिमोरियाले जानकारी दिए ।
संस्थाको केन्द्रीय सदस्यहरूमा रोशन पौडेल, विनोद त्रिपाठी, जयराम अधिकारी, सुनिल पुरी, राजकुमार डङ्गोल, भूपेन्द्र भण्डारी, रामबहादुर बस्नेत, अमन लामा, शम्भु घिमिरेलगायत चयन भएका छन् ।
कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल, अटो नेपाल, Magazine का Director रोशनकुमार श्रेष्ठ, वरिष्ठ पत्रकार ऋषि धमला, नेपाल प्रहरीका एआईजी टेकबहादुर तामाङ, यातायात व्यवसायी, यातायातका कर्मचारी, कलाकार लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।