नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको वार्षिक साधारण सभा भोली असार २१ गते हुने भएको छ ।
यो संगठन अटोमोटिभ क्षेत्रमा व्यवसाय गर्नु हुने लगानीकर्ताको संगठन हो ।
यसमा लगभग ५ सय सदस्यहरु (अध्याधिक स्वरोगार व्यवसायी) संलग्न छन् ।
जसमा रिकन्डिसन, मोटरसाइकल तथा गाडीको डिलर, पार्ट्सको डिलर चलाउने मध्यवर्गिय अटो व्यवसायीहरु पर्छन् । सँस्थाका महासचिव प्रकाश बस्नेतका अनुसार उनिहरु आफैले पुँजी र श्रमको लगानी गरेका छन् ।
यो संगठन क्षेत्र र प्रदेश हुदै देशैभर विस्तार भएको छ । उनका अनुसार यो अटो क्षेत्रमा काम गर्ने मध्यम वर्गिय व्यवसायीहरुको संरक्षणको लागी स्थापना भएको संगठन हो ।
यो क्षेत्रमा धेरै खालका संगठन छन् तर कतिपय ठूला व्यवसायीलाई हेर्ने र कतिपय राजनीतिक खालका संगठन भएकोले यो स्वतन्त्र व्यवसायीको मर्म बुज्ने संगठन हो ।
घर खेत धितो राखेर बेचेर व्यवसाय गर्नेहरुको संगठन हो । एक वर्षमा यसले राज्य र व्यवसायीको हितमा धेरै काम गरेको छ ।
महाँसचिव भन्छन् “गत वर्ष आएको बाढीले हाम्रो पेशा तहस नहस बनायो ।
जसले गर्दा धेरै व्यवसायी ठूलो समस्यामा परे । त्यो समस्यामा केही राहत दिने काम यो संगठनले ग¥यो ।”
भोलिका दिनमा अभैm सशक्त रुपमा अगाडी बढ्नको लागी असार २१ गते शनिवार ग्रयाण्ड म्याजेस्टीक होटलमा बार्षिक साधारण सभा तथा प्रथम ऐतिहासिक अधिवेशन हुन लागेको सँस्थाले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथी भौतिक पुर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालको उपस्थिती रहने छ ।
त्यस्तै यो क्षेत्रका दिग्गज व्यक्तिहरुको उपस्थितीमा सँस्थाले नयाँ कार्यसमिति तथा नयाँ रणनीतिहरु बनाउने भएको छ ।