धादिङ अटोमोबाइलको वनभोज तथा छलफल कार्यक्रम

धादिङ अटोमोबाइल एसोसिएसनको आयोजनामा पारिवारिक वनभोज तथा व्यावसायिक छलफल कार्यक्रम काठमाडौंको स्विजरल्याण्ड पार्कमा सम्पन्न भएको छ ।

नेपाल अटोमेकानिक व्यवसायी महासंघका महासचिव समेत रहेका त्रिपाठीले उक्त अवसरमा बोल्दै पछिल्लो समय आर्थिक मन्दीको मारमा व्यवसायीहरु परेको एसोसिएसनका अध्यक्ष इन्द्र कुमार त्रिपाठीले जानकारी दिए ।

जिल्लामा क्रियाशील उत्कृष्ट अटोमेकानिक व्यवसायीहरुलाई उक्त अवसरमा सम्मान गरिएको छ ।

नयाँ सदस्यहरुलाई संस्थामा स्वागतसहित प्रमाणपत्र वितरण गरिएको छ ।

अध्यक्ष त्रिपाठीले कार्यक्रममा सहभागीहलाई संस्थाको भावि योजनाको बारेमा जानकारी दिदै व्यावसायिक हितमा संस्था सक्रिय रहने बताए ।

संस्थाले समय समयमा विभिन्न प्रकारका तालिमहरु सञ्चालन गर्दै आइरहेको छ । सामाजिक उत्तर दायित्व बहन गर्दै विविध कार्यक्रमहरु पनि सञ्चालन भइरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ छ ।

मनमोहन हस्पिटल काठमाडौं, मलेखु टिचिङ हस्पिटल प्रालिसँग सहकार्य गरी सदस्यहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गरिएको अध्यक्ष त्रिपाठीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *