यूके अवार्डको प्रमाणपत्र वितरण

सेप्टेम्बर १३ तारिखमा बेलायतको राजधानी युकेमा आयोजना हुन लागेको ‘दोस्रो अन्तराष्ट्रिय नेपाली फिल्म अवार्ड २०२५–युके’को उत्कृष्ट ५ मा पर्न सफल फिल्मीकर्मीलाई आज प्रमाणपत्र वितरण गरिएको छ ।

१७ विधामा प्रदान गर्न लागिएको अवार्डलाई इन्फा  इभेन्ट्स यूके र इन्फा नेपालको प्रस्तुतिमा आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा नायिका शर्मिला मल्ललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गर्न लागिएको जानकारी समेत दिइएको थियो ।

कार्यक्रममा नेपाली फिल्म क्षेत्रका चर्चित कलाकाकर्मीहरुको उपस्थिति थियो ।

गत बर्षको सेप्टेम्बरमा युकेमा नै आयोजना भएको यो अवार्ड भव्य रुपमा सम्पन्न भएको थियो । दोस्रो संस्करणसम्म आइपुग्दा अवार्डप्रति फिल्मीकर्मीहरुको विश्वास अझै बढेको देखिएको छ ।

नेपाली फिल्म क्षेत्रको श्रीवृद्धी तथा अन्तराष्ट्रिय बजार विस्तारमा महत्वपूर्ण सावित भएको यो अवार्डको मनोनयन भने केही दिन अगाडि नै सार्वजनिक भएको थियो ।

यो अवार्डको जुरी संयोजकमा गौरी मल्ल, सदस्यमा रमेश वुढाथोकी र करूण थापा छन् । सन् २०२४ को जुन २८ अर्थात् असार १४ गतेबाट रिलिजमा आएका फिल्महरू मध्येबाट जुरीहरुले उत्कृष्ट पाँचको मनोनयन छनोट गरेका थिए ।

कार्यक्रममा पपुलर अवार्ड, पर्फमर अफ दि एयर र पब्लिक च्वाइस अवार्ड गरि कुल २६ विधामा अवार्ड प्रदान गरिनेछ ।

अवार्ड संयोजक मनिष कार्कीले फिल्म क्षेत्रका चर्चित फिल्मीकर्मीहरुको उपस्थितिमा लण्डनमा भव्य रुपमा अवार्ड सम्पन्न हुने जानकारी आज आयोजित पत्रकार सम्मेलनमा दिए ।

लण्डनको ग्रिनफोर्ड हलमा आयोजना हुने अवार्डको युके कमिटीमा उमेश मोक्तान, टंक भट्टराई, राज पाण्डे र आशिष पन्त छन् ।

यस्तै, नेपाल तर्फबाट भने सुनिल श्रेष्ठ, मनोज केसी, पाल्देन लामा र मनिष कार्की छन् ।

आज आयोजना भएको प्रमाणपत्र वितरण कार्यक्रममा कलाकार निर शाह, कृष्ण मल्ल, शर्मिला मल्ल, निर्देशक दीपाश्री निरौला, कृषा चौलागाईं, नायक पुष्प खड्का, नायिकाहरू वर्षा सिवाकोटी, नीता ढुंगाना, कलाकार जितु नेपाल, प्रमोद अग्रहरी, सुमन भण्डारी नव–नायक विवेक कर्माचार्य, छायांकार पुरुषोत्तम प्रधान, मोडलहरु उषा उप्रेती, एलिसा शर्मा, निर्माता प्रेमकुमार श्रेष्ठ लगायतका कलाकारहरूको उपस्थिति थियो ।

कलाकारहरूले यो अवार्डले अन्तरराष्ट्रिय स्तरमा नेपाली फिल्मको विकासमा ठूलो भूमिका खेलेको बताए ।

कार्यक्रममा अवार्डको यूके आयोजक टिमको भिडियो समेत प्रस्तुत गरिएको थियो ।

इन्फा इभेन्ट्स युकेका डाइरेक्टर पाल्देन लामा ज्यूले हरेक वर्ष यो अवार्ड कार्यक्रमलाई अझ परिस्कृत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *