नेपालको व्यावसायिक सवारी साधन बजारमा आफ्नो उपस्थिति अझ सशक्त बनाउँदै, महिन्द्राको युटिलिटी गाडीको आधिकारिक वितरक अग्नि इन्करपोरेटेड प्रा.लि. ले नयाँ महिन्द्रा बोलेरो पिक-अप 1.7T नेपाली बजारमा सार्वजनिक गरेको छ।
जेठ ११ गते काठमाडौं (गैरीधारा), पोखरा, वीरगञ्ज, चितवन, र विराटनगरका महिन्द्राको सोरुमहरूमा एकै साथ लन्च इभेन्ट गर्दै बोलेरो पिक-अप 1.7T सार्वजनिक गरिएको हो।
समारोहमा अग्नि ग्रुपका अतिथिहरू, मिडिया प्रतिनिधि र ग्राहकहरूको उल्लेखनीय उपस्थिति थियो।
नयाँ बोलेरो पिक-अप 1.7T १.७ टन भार क्षमतायुक्त पहिलो श्रेणीको गाडी हो, जुन ९ फिटको कार्गोबेड, बलियो डबल बेयरिङ एक्सल, ९ पाताको सस्पेन्सन, २.५ लिटर M2DiCR डीजल इञ्जिन (६३ बीएचपी पावर र १९५ एनएम टर्क) जस्ता विशेषताहरूले भरिपूर्ण छ।
यसमा आरामदायक इन्टेरियर, फ्युल-इफिसियन्सी, र हरप्रकारको बाटोमा चल्ने क्षमताको ग्यारेन्टी प्रदान गरिएको छ। महिन्द्राको टिकाउ र प्रदर्शनको परम्परालाई नयाँ स्तरमा पुर्याउने उद्देश्यले यो भेरियन्ट ल्याइएको हो।
विशेष लन्च मूल्य रु. २५,६५,००० मा उपलब्ध यस गाडीलाई अग्नि हायर पर्चेज मार्फत ७०% सम्मको फाइनान्सिङ, ९.९९% ब्याजदर, शून्य प्रोसेसिङ शुल्क र सहज कागजात प्रक्रिया सहित खरिद गर्न सकिन्छ। स्वरोजगार नेपालीलाई प्राथमिकता दिइनेछ।
साथै, अग्नि आस्था प्रा.लि. मार्फत ग्राहकहरूले आफ्नो पुरानो गाडी एक्सचेन्ज गर्दै नयाँ बोलेरो पिक-अप सजिलै खरिद गर्न सक्नेछन्।
महिन्द्रा बोलेरो पिक-अप, नेपालको नम्बर १ व्यावसायिक पिक-अप, अब अझ बलियो र क्षमतायुक्त बनेको छ।
इच्छुक ग्राहकहरूलाई नजिकको महिन्द्राको सोरुममा गई प्रत्यक्ष अवलोकन र जानकारी लिन अग्नि ग्रुपले आह्वान गरेको छ।