त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ।

कार्यालयमा छापा मारेर अख्तियारले महत्त्वपूर्ण कागजात र विद्युतीय डिभाइसहरू नियन्त्रणमा लिएको छ।

विदेश जाने कामदारबाट चर्को रकम असुली गरिएको सूचनापछि अख्तियार टोलीले कार्यालयमा छापा मारेको हो। कर्मचारीको सेटिङमा असुलीधन्दा बढेपछि अख्तियारले त्यसबारे बुझ्न कागजात र डिभाइस नियन्त्रणमा लिएको हो।

कार्यालयमा जान कर्मचारीबाटै ५/७ लाखसम्म असुली हुने गरेको छ।

बुधबार अख्तियारको टोली कार्यालय पुगेर कागजात र डिभाइस नियन्त्रणमा लिएको कार्यालय स्रोतले बतायो। हिजो मात्र गृह मन्त्रालयले कार्यालयका प्रमुख तीर्थराज भट्टराईको सरुवा गरेर त्यहाँ नयाँ सहसचिव पठाएको छ।

कार्यालय प्रमुखसँग सम्बन्धित कागजात र डिभाइस पनि अख्तियारले नियन्त्रणमा लिएको छ।

स्रोतको दाबीअनुसार अख्तियारले भट्टराईसँग सोधपुछ र फारम पनि भराएको छ। भट्टराई गत २३ असोजमा कार्यालयमा हाजिर भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *