सेरेसको नाफा २४१% बढ्यो

चीनको प्रमुख इन्टेलिजेन्ट र न्यू इनर्जी भेहिकल निर्माता सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा २४१% नाफा वृद्धि गर्दै १०० मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको घोषणा गरेको छ।

यो उल्लेखनीय उपलब्धिले प्रतिस्पर्धात्मक बजारमा सेरेसलाई चीनका अग्रणी इनोभेटिभ अटोमोबाइल कम्पनीहरूमध्ये एकको रूपमा उभ्याएको छ।

कम्पनीको बिक्री आम्दानी (Revenue) पनि ३ अर्ब अमेरिकी डलर नाघेको छ। यसको प्रमुख कारण भनेको सेरेसका नवीन र ऊर्जा-कुशल सवारीहरूको मागमा आएको तीव्र वृद्धि हो।

नवप्रवर्तन, दिगोपनग्राहकमुखी डिजाइनप्रति प्रतिबद्ध सेरेसले स्मार्ट मोबिलिटी समाधानमार्फत विश्वव्यापी वातावरणीय लक्ष्यहरूमा टेवा पुर्‍याउँदैछ।

आय विवरण सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्य ३% ले वृद्धि भएको छ, जसले लगानीकर्ताहरूको विश्वास दर्शाउँछ।

नेपालमा पनि आउने तयारी

सेरेसले सन् २०२६ भित्र नेपालमा तीन नयाँ विद्युतीय सवारी मोडेल ल्याउने योजना सार्वजनिक गरेको छ।

यसले चीनबाहिर पनि विद्युतीय सवारी क्षेत्रमा सेरेसको अग्रणी भूमिकालाई पुष्टि गर्छ।

हालै, सेरेस थ्री मोडेलले इन्डोनेसियामा तीन प्रतिष्ठित अवार्ड जित्दै न्यू इनर्जी भेहिकल बजारमा उत्कृष्टता प्रमाणित गरेको छ।

चीनको लक्जरी सवारी सेग्मेन्टमा पनि सेरेसले बीएमडब्लू र मर्सिडिज जस्ता ब्रान्डहरूलाई पछि पार्दै अग्रता लिएको छ।

सेरेस ग्रुपले नवप्रवर्तन, दिगोपन, र विश्वव्यापी पहुँचलाई आधार मानेर विश्व ईभी उद्योगमा नेतृत्व कायम राख्ने लक्ष्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *