केही महिनाको फरकमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीका दुई पुल भाँचिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ‘ओभरलोड’ नियन्त्रण गर्न कडाइ गरेको छ ।
मंगलबार बसेको सुरक्षा निकायको बैठकले बेलहिया नाकाबाट नेपाल प्रवेश गर्न भारतीय मालबहाक सवारीसाधनका कारण राजमार्ग भत्किनुका साथै केही महिनाको अन्तरालमा दुई पुल भाँचिएपछि रुपन्देही प्रसाशनले ओभरलोड नियन्त्रणमा कडाई गरेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।
निर्णय गरेर सम्बन्धीत निकायमा कार्यान्वयनका लागी परिपत्र गरिसकेको उनको भनाइ छ । उनले भने, ‘बिहीबारदेखि निर्णय कार्यान्वयन प्रक्रियामा कडाई गर्छाैँ ।’