वर्षाले हिलाम्मे सूर्यविनायक–धुलिखेल सडकखण्डको साँगा क्षेत्र

स्तरोन्नतिको काम जारी रहेको साँगा–धुलिखेल सडकखण्ड पानी परेसँगै हिलाम्मे भएको छ । घाम चर्किए धुलाम्मे र वर्षा भए हिलाम्मे हुने हुँदा यस सडकको यात्रा कठिन हुँदै आएको छ ।

अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको छ । विस्तारमा ढिलाइ हुँदा स्थानीय मारमा पर्दै आएका छन् ।

सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा गए  राति परेको पानीका कारण साँगा क्षेत्रको सडक हिलाम्मे भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *