समिट एयरको जहाज आकस्मिक अवतरण

काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको समिट एयरको जहाज आकस्मिक अवतरण गराइएको छ।

रामेछाप पुग्दा जहाजमा समस्या देखिएपछि उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवरतण गराइएको छ।

विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाका अनुसार जहाजको एउटा इन्जिनमा समस्या देखिएको थियो।

जहाज बिहान ६:१२ मा काठमाडौंबाट उडेको थियो। ‘जहाज सकुशल अवतरण गराइएको छ, इन्जिनियरहरूले जहाज हेरिरहेका छन्,’ निरौलाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *