नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. ले होण्डा ग्राहकहरूलाई लक्षित गरी विराटनगरस्थित होण्डा अथोराइज्ड सर्भिस सेन्टर – सुभद अटो सर्भिस सेन्टर मा ३ दिने निःशुल्क सर्भिस क्याम्प र होण्डा ईलेभेटको टेष्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीले कार्यक्रमलाई विराटनगर, धरान, इटहरी, दमक, बिर्तामोडलगायतका शहरहरूका ग्राहकहरूलाई लक्षित गरी आयोजना गरेको हो।
कार्यक्रम अन्तर्गत ग्राहकहरूलाई विभिन्न सुविधाहरू प्रदान गरिएको थियो:
लेबर चार्जमा २०% छुट
पार्ट्समा ७.५% छुट
ल्युब्रिकेन्टमा ५.५% छुट
साथसाथै, २००१ देखि २०१४ मोडलसम्मका कम्पनीले तोकेको केही गाडीमा होण्डा सेफ्टी रिकल अन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन सेवा पनि दिइएको थियो।
कम्पनीले भविष्यमा पनि यस्ता ग्राहक-केन्द्रित सेवा कार्यक्रमहरू सञ्चालन गर्दै जाने जानकारी दिएको छ।