प्रोटोन ई.मास ७

विद्युतीय सवारीसाधान (ईभी) आयात र ‘एडाप्टेसन’ उच्च दरमा गर्ने विश्वकै अग्रणी देशमा पर्छ नेपाल ।

व्यवसायीका अनुसार अहिले ईभीको एडाप्टेसन नेपालमा करिब ८० प्रतिशत छ । नेपालमा ४० भन्दा बढी ब्रान्डका ईभी भित्रिने गरेको छ ।

नेपाली बजार, भूगोल सुहाउँदो ईभी कस्तो हो ? नेपाली बजारमा ईभीको महत्त्व के छ ?

व्यावसायिक घराना जगदम्बा ग्रुपले नेपालमा भर्खरै भित्र्याएको ‘प्रोटोन ई.मास ७’ बारेमा जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालसँग गरिएको कुराकानीका आधारमा अनलाइनखबरले तयार पारेको सामाग्री :

नेपालमा पछिल्लो समय ईभीको एडाप्टेसन बढिरहेको छ । जुन अत्यन्तै सकारात्मक हो । तर, ईभी किन्दा धेरै कुरामा ध्यान दिनुपर्छ ।

नेपालको आफ्नै उत्पादनका रूपमा रहेको जलविद्युत् उपयोग र यसले दिने आर्थिक फाइदा पनि ईभीसँग जोडिएको छ ।

एक त पेट्रोलियम पदार्थको आयात कम हुन्छ, जसले हाम्रो वैदेशिक मुद्रा सञ्चिति बढ्छ । यस्तै वातावरण प्रदूषण रोक्न पनि यसले मद्दत गर्छ, जसले हाम्रो अन्तर्राष्ट्रिय फोरममा उपस्थिति बलियो बनाउँछ ।

हाम्रो ईभीमा एडाप्टेसन राम्रो छ, सरकारले यसमा बाधा नपुर्‍याए अझै राम्रो हुन्छ ।

जहाँसम्म हामीले आयात गर्ने ईभीको कुरा छ । हामीले ल्याउने प्रोटोन चीनको दोस्रो सबैभन्दा ठूलो कम्पनी जिलीकै उत्पादन हो ।

नेपाल आउने ई.मास ७ गाडी चीनमा ‘ग्यालेक्सी ई–५’ भनेर चल्ने गरेको छ । गाडी चीनमै बन्छ, जिलीले नै गाडी बनाउने हो ।

विशेषगरी दायाँ हाते सवारीसाधन चल्ने देशमा प्रोटोनको लोगोमा यो गाडी बिक्री हुँदै आएको छ । प्रोटोनको गाडी उत्पादन गर्ने जिली कम्पनी विश्वकै उत्कृष्ट ब्रान्डहरूको सेयर धनी पनि हो ।

हामीले उच्च मोटर क्षमता भएको गाडी पनि कम मूल्यमा गाडी दिइरहेका छौं ।

हाम्रो १६० किलोवाट मोटर भएको गाडी र अन्य १०० किलोवाट मोटर भएको गाडी पनि मूल्य लगभग उस्तै छ । प्रोटोनको ई.मास ७ प्राइमको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ रहेको छ भने प्रिमियमको ६७ लाख ९९ हजार पर्छ ।

उदाहरणका लागि एउटा गाडीको १००० सीसी क्षमता छ भने हाम्रो १६०० सय सीसी छ, तर मूल्य बराबर छ । कम मूल्यमा उच्च माइलेज र शक्तिशाली मोटर क्षमता भएको छ ।

हामीले ल्याएको ई.मास ७ ईभीमा सर्ट ब्लेड ब्याट्री प्रयोग हुन्छ । यो ब्लेड ब्याट्रीभन्दा पनि उच्च सुरक्षित हुन्छ । भविष्यमा अन्तर्राष्ट्रिय ठूला कम्पनी यही ब्याट्री प्याकमा आउँदैछ ।

टुभेल इन वान ब्याट्री प्याक रहेको यसमा मोटर इफिसिएन्सी ९०.०२ प्रतिशत छ । नेपालमा आएको यो सेग्मेन्टमा सबैभन्दा उच्च इफिसिएन्सी हो ।

प्रोटोनको पहिलो ईभीका रूपमा रहेको यो ई.मास ७ ग्लोबल मोडुलर आर्किटेक्चर (जीएमए) प्लेटफर्ममा निर्माण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *