ज्यागुआरको अमेरिकामा योजना छैन

बेलायती कार निर्माता कम्पनी ज्यागुआर ल्याण्ड रोभरले अमेरिकामा गाडी उत्पादन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण अटो उद्योग प्रभावित भइरहेका बेला कम्पनीले यस्तो निर्णय लिएको हो।

ट्रम्पले बेलायतबाट अमेरिका आउने वस्तुहरूमा १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि, कम्पनीले गत अप्रिलमा गाडी निर्यात रोकेको थियो।

यद्यपि, मे महिनाबाट पुनः निर्यात सुरु गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *