ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले बोइङ ७४७–८ विमान कतारी राजपरिवारबाट एयर फोर्स वानका रुपमा सेवा गर्न उपहारस्वरुप स्वीकार गर्ने सम्बन्धी कानूनी विवरणलाई अन्तिम रुप दिन लागिएको सोमबार पुष्टि गरेकी थिइन् ।
लेभिटले सरकारलाई कुनै पनि प्रकारको चन्दा वा उपहार कानूनको पूर्ण पालना गर्दै स्वीकार गरिने बताएकी थिइन् ।
सीएनएनले उनलाई उद्धृत गर्दै दिएको रिपोर्टमा भनिएको छ- ‘सरकारलाई आउने कुनै पनि सहयोग जहिले पनि कानूनको पूर्ण पालनामा गरिन्छ।’