लक्ष्मी ई–मोबिलिटि अन्तर्गतको केई ब्रान्ड अहिले ग्राहकहरुको प्रमुख रोजाइ बनेको छ।
प्रायः कम आकलन गरिएको यो ब्रान्ड अहिले विद्युतीय गाडी (इभि) मा गेम–चेन्जरको रूपमा स्थापित हुँदै गएको कम्पनीले जनाएको छ।
यसको आकर्षक मूल्य, प्राविधिक क्षमता र प्रदर्शनले गर्दा ग्राहकको रोजाइमा परेको कम्पनीको भनाइ छ।
केइका केइ ई–क्युट०४, ई–क्युट०२, वा एक्सथ्रि प्रो मोडेलहरूले आफ्नो उत्कृष्ट गुणस्तर, सुविधा, र अत्याधुनिक प्रविधिका कारण प्रयोगकर्तालाई प्रभावित गरेका छन्।
चेरी ग्रुप अन्तर्गत विकसित यी गाडीहरूले महँगा इभिहरूसँग प्रतिस्पर्धा गर्नसक्ने स्तरको प्राविधिक क्षमता प्रदर्शन गरेका छन्।
यसले केईलाई एक अत्यन्तै कम मूल्यांकन तर अत्यधिक वितरण ब्रान्ड बनाएको कम्पनीको दाबी छ।
केई गाडीहरूले दिएको सहज ड्राइभिङ अनुभव, सुविधायुक्त पहुँच प्रणाली र एलिगेन्ट डिजाइनले ग्राहकहरूको मन जितिरहेको छ।
अब यो ब्रान्डले ग्राहक अपेक्षा मात्र पुरा नगरी न्यु बेन्चमार्क तयार गर्दैछ।
कम्पनीका अनुसार आगामी वर्षहरूमा पनि केइको भविष्य धेरै नै आशाजनक देखिन्छ।
सन् २०२६ भित्र नेपालमा केइका नेक्स्ट जेनेरेशन इभि मोडल्स ल्याउने योजना कम्पनीको तयार रहेको बताइएको छ।
नयाँ प्राविधिक फिचरहरूसहित केइले नेपालको इभि बजारको नेतृत्व लिने स्पष्ट संकेत गरिसकेको कम्पनीको विश्वास छ।
ग्राहक सन्तुष्टि, आफ्टर सेल्स सर्भिस र निरन्तरको इनोभेसनका लागि परिचित लक्ष्मी इ–मोबिलिटिले केइ ब्रान्डलाई अझ सशक्त रूपमा अगाडि बढाइरहेको छ।
केइ अब केवल एक प्रतिस्पर्धी मात्र नभइ इभि बजारलाई हाँक्न तयार रहेको कम्पनी बताउँछ।