दाउन्नेकाे बाटाेमा यातायात सञ्चालन

दाउन्नेस्थित नारायणघाट-बुटवल सडक सञ्चालनमा आएको छ।

गएरातिदेखि निरन्तर परेको वर्षाका कारण अवरुद्ध बनेको सडक आइतबार दिउँसोदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

सडकमा जम्मा भएको हिलो तथा गेग्रान हटाएर सडक सञ्चालनमा ल्याएको हो। बाटो बन्द भएपछि सवारीसाधनहरू वैकल्पिक बाटो हुँदै चलिरहेका थिए।

सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्नेखण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *