दक्षिण अफ्रिकामा सडक दुर्घटना

दक्षिण अफ्रिकाको ग्रामीण क्षेत्रमा एउटा मिनीबस, ट्याक्सी र पिकअप ट्रक एक–आपसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ ।

प्रान्तीय यातायात प्रवक्ता उनाथी बिनकोसेका अधिकारीले जोहानेसबर्गबाट करिब एक हजार किलोमिटर दक्षिणमा पर्ने पूर्वी केप सहर माकोमानजिकै स्थानीय समयअनुसार शनिबार मध्यरातमा भएको दुर्घटनामा परी १५ जनाको मृत्यु भएको र पाँचजना गम्भीर घाइते भएको जानकारी दिए ।

मृत्यु हुनेमा दुवै गाडीकाचालक रहेको र के भएको हो भन्नेबारे अनुसन्धान गरिने बिनकोसेले बताए ।

दुर्घटनामा कोन्से सहरबाट केपटाउनतर्फ जाँदै गरेको मिनीबसमा सवार १३ जना यात्रुको मृत्यु भएको थियो ।

दक्षिण अफ्रिकामा परिष्कृत र व्यस्त सडक सञ्जाल छ ।

तीव्र गति, लापरबाहीपूर्वक सवारीसाधन चलाउनु र पुराना सवारीसाधनका कारण हुने दुर्घटनाले सडक दुर्घटनामा परी हुने मृत्यु पनि उच्च दरमा हुने गरेको छ ।

सडक यातायात व्यवस्थापन निगमको पछिल्लो तथ्यांकअनुसार सन् २०२३ मा सडक दुर्घटनामा परी ११ हजार आठ सयभन्दा बढीको मृत्यु भएको थियो भने दुर्घटनामा पीडित भएका ४५ प्रतिशतभन्दा बढी पैदलयात्री रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *