यात्रा म्यागेजिनको आयोजनामा पाइलट एसोसिएसन अफ नेपालका लागि संचालन गरेको यो पाइलट समिटले नेपालका पाईटहरुलाई एकतृत गर्दै हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित कसरी बनाउन सकिन्छ र यसमा आम पाइलटले कस्तो भूमिका खेल्न सक्छन् भन्ने पक्षलाई प्रमुख महत्व दिएको थियो।
प्यानल डिस्कसनको मोड्रेटरको रुपमा क्याप्टेन विजय लामाले जिम्वेवारी सम्हालेका थिए भने एक्टिभ एअर ट्राफिक कन्ट्रोलर सुस्मिता रावत, रिटायर्ड पाइलट क्याप्टेन रवी कंसाकार, पत्रकार सुरज कुँवर, तथा पर्यटन उद्यमी तथा पाइलट सुनिल शाक्यले प्यानलिस्टको रुपमा सहभागिता जनाएका थिए।
कार्यक्रममा प्रमुख अथितीका रुपमा माननिय संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले उपस्थिति जनाउँदै नेपाली आकाशलाई सुरक्षित राख्न पाइलटको भूमिका अहम् रहने पक्षमा जोड दिए।
पाइलट एसोसिएसन अफ नेपालको गठनले एकैठाउँ पाइलटहरुलाई एकताबद्ध भएको देख्न पाउँदा हर्षित भएको बताउने मन्त्री पाण्डेले यो नेपाली एसोसिएसन चाँडै इन्टरनेसनल फेडेरेसन अफ एअरलाईन पाइलटस् एसोसिएसनको सदश्य बनेको हेर्न पाउने विश्वास ब्यक्त गरे।
कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट सहभागिता जनाउँदै प्राधिकरणका उपमहानिर्देशक देव चन्द्रलाल कर्णले पाइलटहरुको यो एकता देशको हवाई उड्डयन सुरक्षा अभिबृद्धि गर्न सार्थक बन्ने विश्वास राख्दै यस क्षेत्रको विकास र विस्तारमा थप सृजनशील बन्न आग्रह समेत गरे।
आयोजित समारोहमा नेपाली पाइलटहरुको छाता संगठन पाइलट एसोसिएसन अफ नेपालको औपचारिक घोषणा गरिएको थियो।
बुद्ध एअरमा कार्यरत पाइलट क्याप्टेन लेखनाथ पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय एशोसिएसनको घोषणा यसै समारोहमा गरिएको हो।
नव गठित एसोसिएसनको उपाध्यक्षमा क्याप्टेन सागर गजुरेल, माहसचिवमा क्याप्टेन दिनेश बोगटी, कोषध्यक्षमा विक्रान्त काफ्ले, सचिवमा नाजिर उदेन शेख र सदस्यहरुमा क्याप्टेन रविन्द्र डंगोल, क्याप्टेन सुरज भण्डारी, मेनित केसी, शिब पौडेल, अभिनन्दन खड्का र क्याप्टेन किस्मत पछाई छन्।